नेपाली फुटबल

राष्ट्रिय टोलीकाे रणनीतिक प्रशिक्षणमा २८ खेलाडी

फाइल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको दोस्रो ट्याक्टिल ट्रेनिङ (रणनीतिक प्रशिक्षण) सोमबार हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फां ले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको नेतृत्वमा समोबार रणनीतिक प्रशिक्षण हुने जनाएको छ ।

भारतमा हुने पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १४ औं संस्करणको तयारी स्वरुप प्रशिक्षण हुन लागेको हो ।

अभ्यासका लागि २८ खेलाडी बोलाइएको छ । यसअघि बैशाख १ मा पहिलो रणनीतिक प्रशिक्षण भएको थियो ।

रणनीतिक प्रशिक्षणका लागि बोलाइका खेलाडी

गोलकिपरः किरण चेम्जोङ, अनिश देउला, दीप कार्की

रक्षकः सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द ,सिमान्त थापा, अञ्जन महर्जन

मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, दिपेश गुरुङ, सुदीप गुरुङ, लाकेन लिम्बु, आभास लामिछाने

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पीजंग कार्की