चैत्र १३, २०८२ शुक्रबार | १०:२३:३८
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

राष्ट्रपति रनिङ शिल्डः सुजल र आरुषीलाई स्वर्ण

काठमाडौं । लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा शुक्रबार स्वर्ण जितेका छन् । सुजलले छात्र तथा आरुषीले छात्रामा स्वर्ण जितेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुजलले निर्धारित दूरी ११.४ सेकेन्डमा पूरा गरे । मधेस प्रदेशका आदेश यादवले रजत तथा कर्णाली प्रदेशका सुशिल वलीले कास्य जिते । आरुषीले निर्धारित दूरी तय गर्न १३.७ सेकेन्ड समय लगाइन् । बागमतीका दिना गोपालीले रजत तथा स्वागता खाइजुले कास्य हात पारे ।

छात्र १ हजार ५ सय मिटर दौड ४ मिनेट २२.८ सेकेन्डमा पूरा गर्दै लुम्बिनीका विकास विकले स्वर्ण जिते । गण्डकीका बादल कार्की दोश्रो तथा सुदूरपश्चिम प्रदेशका अमित आउजी तेश्रो भए ।

उक्त स्पर्धाको छात्रामा गण्डकीकी नारायणी भण्डारीले ५ मिनेट १५.४ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भइन् । लुम्बिनीकी मोतीकला डाँगी दोश्रो तथा कोशी प्रदेशकी निला जिमी तेश्रो हासिल गरे ।

छात्र हाइजम्पमा बागमतीका नवीन खत्रीले स्वर्ण जित । उनले १.६८ मिटर उचाई नाघे । गण्डकीका मनिष जिसी तथा कोशीका सागर यादव संयुक्त रुपमा दोश्रो स्थानमा रहे ।

सो स्पर्धाको छात्रामा १.४५ मिटर उचाई नाघेकी गण्डकीकी सिमा श्रेष्ठले स्वर्ण चुमिन् । लुम्बिनीकी प्रमिला चौधरीले रजत तथा सुदूरपश्चिमकी सुस्मिता चौधरीले कास्य प्राप्त गरे ।

तीन दिने प्रतियोगितामा ७ प्रदेशका १ सय ५४ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो