सहिद स्मारक ‘ए’ डिभिजन लिग

हावाहुरीका कारण अवरुद्ध खेल सुरु

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबार आकस्मत आएको हावाहुरीका कारण रोकिएका खेलहरु पुनः सुुचारु भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा विभागीय टोलीहरु त्रिभुवन आर्मी र नेपाल पुलिसबीच खेल भइरहेको छ भने, च्यासलस्थित च्यासल मैदानमा न्यु रोड टिम (एनआरटी) र एपिएफ क्लबले एकअर्कासँग खेलिरहेका छन् ।

खेलको दोस्रो हाफ चलिरहँदा आकस्मक हावा हुरी आएपछि करिब ४५ मिनेट खेल रोकिएको थियो । दुवै खेल गाेलरिहत बराबरीमा थिए ।