वैशाख २६, २०८२ शुक्रबार | १५:२२:४१
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

पुरुष बिच भलिबल बैशाखको अन्तिम साता हुने

काठमाडौं । पाल्पाको रानीमहलमा हुने राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता बैशाख अन्तिम साताबाट हुने भएको छ ।

आयोजक सञ्जय मेमोरियल फाउन्डेसनले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बैशाख २८, २९ र ३० गते सञ्चालन हुने जानकारी गराएको हो ।

फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले महिला टोली अन्तराष्ट्रिय प्रतियोगितामा ब्यस्त भएकाले दोस्रो संस्करणमा पुरुष टिम मात्र सहभागी हुने बताइन् । उनले तेस्रो संस्करणको प्रतियोगितालाई अन्तर्राष्ट्रिय रुपमा लैजाने गरि तयारी गरेको उल्लेख गरिन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोग र नेपाल भलिबल संघको स्वीकृत प्रदान गरिएको प्रतियोगितामा सात प्रदेश, तीन विभाग र आयोजक गरी ११ टोलीको सहभागीता रहनेछ ।

लिग र नकआउट पद्धतीमा सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ, उपविजेता टिमले १ लाख रुपैयाँ, तेस्रो हुने टिमले ५० हजार र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागी हुने टिमलाई खाना, बस्ने र यातायात खर्च सहित बिमाको ब्यवस्था आयोजकले गर्ने जनाएको छ ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण सचिव दामोदर रेग्मीले बिच भलिबलको आयोजनाबाट नेपालको ऐतिहासिक क्षेत्र रानीमहलको प्रबद्र्धनमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । उनले नेपालको बिच भलिबल सहित पर्यटन क्षेत्रको विकासमा आफ्नो सधैं सहयोग रहने बताए ।

कलाकार धिरेन शाक्यले बिच भलिबलको आयोजनाबाट पाल्पाको रानीमहल दरबारको प्रबद्र्धनमा सहयोग पुगेको बताए । उनले प्रतियोगिताको निरन्तरताका लागि सरकार र नीजि क्षेत्रको सहयोग महत्वपुर्ण रहने उल्लेख गरे ।

फाउन्डेसनकी अध्यक्ष मास्केले प्रतियोगिताका लागि करिब ३० लाख रुपैयाँ खर्च लाग्ने बताइन्  ।

कार्यक्रममा भलिबल संघका उपाध्यक्ष गौतम लासिबा, गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, प्राइमो सेक्युरेटीका सिइओ मेघरान उपाध्याय, तानसेन गुठीका उपाध्यक्ष प्रमी श्रेष्ठ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी सुरेस लिगल, फाउन्डेसनका सल्लाहाकार पदम न्यौपाने लगायतको उपस्थिती थियो । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP