जेम्स रोड्रिगेज

आठ महिनामै ओलम्पिकसबाट बाहिरिए रोड्रिगेज

काठमाडौं ।  कोलम्बियन मिडफिल्डर जेम्स रोड्रिगेज र ग्रिस क्लब ओलम्पिकसबीचको सम्झौता आठ महिनामै अन्त्य भएको छ ।

रोड्रिगेज जारी सिजनको सुरुआतमा कतारी क्लब अल रायनबाट ओलम्पिकस पुगेका थिए । चोटका कारण रोड्रिगेजले फेब्रुअरी यता ओलम्पिकसका लागि खेलेका थिएनन् ।

‘क्लबलाई पुर्याएको योगदानप्रति हामी रोड्रिगेजलाई धन्यवाद दिन चाहन्छौं,’ ओलम्पिकसले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हामी उनललाई भविष्यमा हरेक सफलताको कामना गर्दछौं।’

रोड्रिगेज क्लबका लागि १९ ग्रिस सुपर लिग खेलमा पाँच गोल गरे ।

सन् २०१४ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि विश्वका ठुला क्लबको नजरमा परेका रोड्रिगेज पछिल्लो समय भने लय समात्न संघर्षरत छन् ।

रोड्रिेगेजले रियाल मड्रिड, मोनाको, एभर्टन , बायर्न म्युनिख (लोन) जस्ता विश्वस्तरमा नाम चलेका क्लबबाट खेलिसकेका छन् ।