ओसन कप

नव जन जागृति च्याम्पियन

काठमाडौं । लक्ष्मी सामुदायिक शिक्षा सदनलाई ५-४ ले पराजित गर्दै नव जन जागृति युवा क्लबले आठौं ओसन कप यु-१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

गोरखास्थित द ओसन क्लबको कृतिम मैदानमा भएको फाइनलमा जन जागुतिलाई जित दिलाउन जेम्स चौधरी र सागर दासले समन दुई तथा  सैफुल्ला मियाँले एक गोल गरे । लक्ष्मीका लागि उकेश्वर महतोले ह्याट्रिक पूरा गर्दै मनिक योगीले एक गोल थपे ।

उपाधिसँगै जन जागृतिले नगद २० हजार तथा उपविजेता लक्ष्मीले १० हजार रुपैयाँ प्राप्त गरे ।

लक्ष्मीका निखिल बस्नेत उत्कृष्ट खेलाडी चुनिए ।

द ओसन क्लब गोरखाको आयोजनामा भएको प्रतियोगितामा देशभरका एकेडेमी, क्लब र विद्यालय गरि १२ टोलीको सहभागिता रहेको थियो ।