पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय भलिबल

एपिएफ फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सुरुआती दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्द एपिएफले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३-२ सेटको जित निकालेको हो ।  

एपिएफले पहिलो र दोस्रो सेट क्रमशः २३-२५ र २१-२५ ले गुमाएको थियो । त्यसपछिका तीन सेट २५-२२,२५-२३ र १५-१० ले आफ्नो पक्षमा पार्दै एपीएफ फाइनल पुगेको हो ।

अब एपिएफले उपाधिका लागि नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पुलिस र गण्डकीबीचको खेल शुक्रबार नै हुनेछ ।

पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठनको आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।