युरोपिनय च्याम्पियनसिप २०२४ को छनोट

इटालीको पहिलो जित, इङ्ल्यान्डको लय कायमै

मिलान । माटियो रेटेगुई पुनः गोल लयमा देखिएको दिन आइतबार इटालीले माल्टामाथि २-० को जित निकालेको छ । 

युरोपिनय च्याम्पियनसिप २०२४ को छनोट चरणमा इटालीले निकालेको यो पहिलो जित हो । 

बिहीबार इङ्ल्यान्डविरुद्धको खेलसँगै रेटेगुईले इटालीको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । सो खेल इटालीले २-१ ले गुमाएको थियो । इङ्ल्यान्डविरुद्ध पनि रेटेगुईले एक गोल गरेका थिए ।

१५औं मिनेटमा रेटेगुईको गोलमा इटालीले अग्रता लिएको थियो । २७औं मिनेटमा माल्टाका म्याथ्युको आत्मघाती गोलसँगै इटालीले २० को अग्रता लिएको थियो । 

समूह सी मा इटालीको दुई खेलमा तीन अंक छ र टोली दोस्रो स्थानमा छ । शीर्ष स्थानको इङ्ल्यान्डको दुई खेलमा ६ अंक छ । 

इङ्ल्यान्डले आइतबारै सम्पन्न खेलमा युक्रेनमाथि २-० को जित निकालेको थियो । इङ्लयन्डको जितमा कप्तान ह्यारी केन र बुकायो साकाले समान एक गोल गरेका थिए ।