ललितपुर मेयर्स कप

ललितपुरले दियो मधेसलाई ९७ रनको लक्ष्य

काठमाडौं । ललितपुर मेयर्स-११ ले ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशसामू ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९६ रनको योगफल तयार पारेको थियो ।

ललितपुरका लागि सोनी पाख्रिनले ३४, लक्ष्मी चौधरीले २३ र सृष्टि जैसीले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मधेसका लागि  सरस्वतीकुमारी चौधरीले दुई तथा कप्तान कविता गौतमा, रोजी कदारी र अनुराधा चौधरीले समान एक विकेट लिए ।

दुवै टोली पहिलो जितको खोजीमा छन् । ललितपुरले यसअघि सुदूरपश्चिम प्रदेशसँग ५१ रन तथा कोशी प्रदेशसँग सात विकेटको पराजय ब्यहोरेको थियो ।

यसैगरी मधेस विभागीय टोली नेपाल एपिएफ क्लबसँग १० तथा सुदूरपश्चिमसँग सात विकेटले पराजित भएको थियो ।