सन्दिप लामिछाने

सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आजबाट

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको नाबालिक बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतमा आजबाट अन्तिम सुुनुवाइ हुँदैछ ।

गत महिना  सन्दीपले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक शृंखलाका लागि युएई जानु पर्ने भएकाले विदश जान अनुमती माग्दै सर्वोच्चमा निवदेन दिएका थिए ।

सन्दीपलाई धरौटीा रिहा गर्ने उच्च अदालत पाटनको आदेश उल्टाउनु पर्ने माग राख्लै महान्यायाधिवत्ताको कार्यलय पनि सर्वोच्च पुगेको थियो । 

सर्वोच्चले  सन्दीपलाई विदेश जान अनुमती दिनुका साथै उच्च अदालत पाटनको फैसला सदर गरेको थियो । त्यस्तै सर्वोच्चले यो मुद्दा फास्ट ट्रयाकबाट छिट्टै किनारा लगाउन समेत आदेश दिएको थियो । 

जाहेलवालीले शुक्रबारमात्र राहत पाउनु पर्ने मागसहित निवेदन लिएकी थिइन । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले तत्काल राहत दिनु नपर्ने आदेश दिएको थियो ।

 सन्दीपविरुद्ध भदौ २१ मा गौशाला प्रहरी वृत्तमा नाबालिक बलात्कारको जाहेरी परेको थियो । सन्दीपमाथि भदौ ५ मा सिनामंगलको एक होटलमा लगेर नाबालिकमाथि पटक पटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ ।

यसअघि काठमाडौं जिल्ला अदालतले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म सन्दिपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उच्च अदालतले उनलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।