थ्री नेसन्स कप

मणी र दीपकको अन्तर्राष्ट्रिय डेब्यू

काठमाडौं । मिडफिल्डर मणीकुमार लामा र स्ट्राइकर दीपकराज सिंह ठकुरीले नेपाली सिनियर राष्ट्रिय फुटबल टोलीबाट अन्तर्राष्ट्रिय डेब्यू गरेका छन् ।

मणीले प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लाओसविरुद्ध खेलको ७३ औं मिनेटमा मैदान प्रवेश गर्दै  डेब्यू गरेका हुन् ।

फुटसलको राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका  मणीले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा गरेको प्रदर्शनका आधारमा फुटबलको राष्ट्रिय टोलीको यात्रा तय गरेका हुन् ।  मणी विभागीय टोली नेपल एपिएफ फुटबल क्लबबाट शीर्ष डिभिजन लिग खेलने गर्छन् ।

मणिले आफ्नै क्लबका कप्तान नविन लामाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यसैगरी सातादोबाटो युथ क्लबाट  शीर्ष डिभिजन लिग खेल्ने दीपकले  खेलमा ८२ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै  अन्तर्राष्ट्रिय डेब्यू गरेका हुन् ।

नेपाल लाओसविरुद्ध २० ले अघि छ ।  नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले नेपालका लागि गोल गरेका हुन् ।