श्रावण २८, २०८२ बुधबार | ०६:४२:४४
एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँसहित सम्मान गर्ने अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० मा दक्षिण अफ्रिका विजयी वेस्ट इन्डिजले ३४ वर्षपछि जित्यो पाकिस्तानविरुद्धको एकदिवसीय शृंखला पिएसजी छाड्दै गोलपिकर जियानलुइजी डोनारुम्मा खो-खो टोली र एमएफएन फाइटर रविन्द्र ढाँटलाई काठमाडौं महानगरको सम्मान बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३० खेलाडी बन्द प्रशिक्षणमा पारा तेक्वान्दोका पलेशा र कविराज सम्मानित डिभिजन फुटबललाई निरन्तरता दिन खेलाडी संघको माग पेचिलो बन्दै एनओसी विवाद, पूर्व अध्यक्ष प्रधानको नेतृत्वमा तदर्थ समिति आरआरए क्रिकेटः आयोजक रेडियन्ट क्वार्टरफाइनलमा एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँसहित सम्मान गर्ने अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० मा दक्षिण अफ्रिका विजयी वेस्ट इन्डिजले ३४ वर्षपछि जित्यो पाकिस्तानविरुद्धको एकदिवसीय शृंखला पिएसजी छाड्दै गोलपिकर जियानलुइजी डोनारुम्मा खो-खो टोली र एमएफएन फाइटर रविन्द्र ढाँटलाई काठमाडौं महानगरको सम्मान बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३० खेलाडी बन्द प्रशिक्षणमा पारा तेक्वान्दोका पलेशा र कविराज सम्मानित डिभिजन फुटबललाई निरन्तरता दिन खेलाडी संघको माग पेचिलो बन्दै एनओसी विवाद, पूर्व अध्यक्ष प्रधानको नेतृत्वमा तदर्थ समिति आरआरए क्रिकेटः आयोजक रेडियन्ट क्वार्टरफाइनलमा

नेपालको सुखद सुरुआत, चार खेलाडीको अन्तर्राष्ट्रिय डेब्यू

काठमाडौं । लाओसलाई २-० ले पराजित गर्दै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपमा सुखद सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अन्नत तामाङ र नवयुग श्रेष्ठले समान एक गोल गरे । अन्तर्राष्ट्रिय खेलमा अनन्तको यो तेस्रो तथा नवयुगको आठौं गोल हो । 

खेलको ३० औं मिनेटमा रक्षक अनन्तको हेडरले दोस्रो बारको जाली चुम्दा बुधबार अग्रता लिएको थियो । अनन्तले नवीन लामाको कर्नर क्रसलाई सदुपयोग गर्दै सुन्दर गोल गरेका हुन् ।

दोस्रो हाफको सुरुआती एघार मिनेटमै पाँच हजार एक सय सत्तरी दर्शकका सामु नवयुग श्रेष्ठले ३५ यार्ड टाढाबाट सनसनीपूर्ण गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए ।

दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन् ।

२९ औं मिनेटमा नेपालका आयुष घलानको क्रसलाई लाओसका अनन्ताजा सिफोङफानले क्लियर गरेका थिए ।

खेलको तेस्रो र आठौं मिनेटमा लाओसका बाउनफाचन बाउनकोङको प्रहार बाहिरिएको थियो ।

पाँचौं मिनेटमा घलानको पासलाई नवयुग श्रेष्ठले सदुपयोग गर्न सकेनन् । १९ औं मिनेटमा एरिक विष्टको पासमा पुजन उपरकोटीले गरेको प्रहार बाहिरिएको थियो । त्यसको तीन मिनेटपछि नवीनको पासमा नवयुगले गरेको हेडरले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफ सकिन दुई मिनेट बाकी छँदा लाओसका माइकल भांगको प्रहार बाहिरिएको थियो ।

दोस्रो हाफको ६६ औं मिनेटमा बाउनकोङको प्रहारले गोल पोस्टको जाली चुम्नै लाग्दा अनन्तले क्लियर गरिदिए । त्यस्तै ७१ औं मिनेटमा नवयुगको पासमा अनमार्क घलानले गोलको सुनौलो अवसर गुमाए ।

यसबीच नेपालका चार खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे ।  एपिएफ रक्षक सनिश श्रेष्ठ, एपिएफकै  मडिफिल्डर मणि कुमार लामा, सातदोबाटो युथ क्लबका  स्ट्राइकर दीपकराज सिंह ठकुरी र मनाङ मर्स्याङ्दी क्लबका  मिडफिल्डर सुमित श्रेष्ठले लाओसविरुद्ध अन्तर्राष्ट्रिय डेब्यू गरेका हुन् ।

सनिश पहिलो रोजाइमै परेका थिए ।  मणी ७२ औं मिनेटमा एपिएफ सहकर्मी नवीन लामाको ठाउँमा  मैदान प्रवेश गरे । ८२ औं मिनेटमा दीपकले नवयुग श्रेष्ठलाई प्रतिस्थापन गर्दा इन्जुरी समयमा सुमितले आयुष घलानको ठाउँ लिए ।

अनन्त तामाङ म्यान अफ दि म्याच चुनिए ।

जितसँगै नेपाल तीन अंक जोड्दै फाइनल नजिक पुगेको छ । नेपालले अब चैत १४ गते मंगलबार भुटानविरुद्ध खेल्नेछ । लाओसले आफ्नो दोस्रो खेल भुटानसँग चैत १२ गते शनिबार भुटानसँग खेल्नेछ ।
 

 

 


भिडियो
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video