श्रावण २८, २०८२ बुधबार | १४:२९:०९
तदर्थ समितिलाई एनओसीको जवाफः लेटर प्याड, लोगो, ओलम्पिक रिङ र झण्डाको अनधिकृत प्रयोग नगर्नु एभरटन पुगे ज्याक ग्रेलिस एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँसहित सम्मान गर्ने अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० मा दक्षिण अफ्रिका विजयी वेस्ट इन्डिजले ३४ वर्षपछि जित्यो पाकिस्तानविरुद्धको एकदिवसीय शृंखला पिएसजी छाड्दै गोलकिपर जियानलुइजी डोनारुम्मा खो-खो टोली र एमएफएन फाइटर रविन्द्र ढाँटलाई काठमाडौं महानगरको सम्मान बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३० खेलाडी बन्द प्रशिक्षणमा पारा तेक्वान्दोका पलेशा र कविराज सम्मानित डिभिजन फुटबललाई निरन्तरता दिन खेलाडी संघको माग तदर्थ समितिलाई एनओसीको जवाफः लेटर प्याड, लोगो, ओलम्पिक रिङ र झण्डाको अनधिकृत प्रयोग नगर्नु एभरटन पुगे ज्याक ग्रेलिस एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँसहित सम्मान गर्ने अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० मा दक्षिण अफ्रिका विजयी वेस्ट इन्डिजले ३४ वर्षपछि जित्यो पाकिस्तानविरुद्धको एकदिवसीय शृंखला पिएसजी छाड्दै गोलकिपर जियानलुइजी डोनारुम्मा खो-खो टोली र एमएफएन फाइटर रविन्द्र ढाँटलाई काठमाडौं महानगरको सम्मान बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३० खेलाडी बन्द प्रशिक्षणमा पारा तेक्वान्दोका पलेशा र कविराज सम्मानित डिभिजन फुटबललाई निरन्तरता दिन खेलाडी संघको माग

अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० मा दक्षिण अफ्रिका विजयी

काठमाडौं । दक्षिण अफ्रिकाले ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा घरेलु टोली अस्ट्रेलियाविरुद्ध ५३ रनको सहज जित दर्ता गरेको छ ।

यससँगै तीन खेलको शृंखलामा १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा अस्ट्रेलिया १७ रनले विजयी भएको थियो ।

आइतबार मरारा ओभलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १७.४ ओभरमा १६५ रनमै समेटियो ।

अस्ट्रेलियाका लागि टिम डेविड २४ बलमाा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी एलेक्स केरीले २६, कप्तान मिचेल मार्शले २२, ग्लेन म्याक्सवेलले १६ र बेन द्वारशुइसले १२ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि क्वेना माफाका र कोर्विन बोशले समान तीन तथा कागिसो राबडा, लुंगी एनगिडी, नकाबायोम्जी पिटर र कप्तान एडेन मार्करमले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिका लागि डिवाल्ड ब्रेभिसले ५६ बलमा १२ चौका र आठ छक्कासहित अविजित १२५ रनको योगदान गरे । यसैगरी ट्रिस्ट स्टब्सले ३१, एडेन मार्करमले १८, रायन रिकेल्टनले १४ र लुआन ड्रे प्रिटोरियसले १० रन बनाए ।

चौथो विकेटका लागि ब्रेभिस र स्टब्सले १२६ रनको साझेदारी गरेका थिए । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल र बेन द्वारशुइसले समान दुई तथा जोश हेजलउड र एडम जाम्पाले समान एक विकेट लिए । 


भिडियो
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video