काठमाडौं । चर्च ब्वाइज युनाइटेड र न्युरोड टिम (एनआरटी) ले एन्फा यु-१६ युथ लिगमा सोमबार १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
यो नतिजासँगै १३ खेलमा २४ अंक जोडेको चर्च ब्वाइज छैटौं स्थानमा छ । एनआरटी समान खेलबाट १३ अंकका साथ ११औं स्थानमा छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा चर्च ब्वाइजले उपहार गोल प्राप्त गर्दा एनआरटीका लागि निराजन दुलालले गोल फर्काए ।
खेलको १६औं मिनेटमा अनमोल सुवेदीबाट आत्मघाती गोल हुन पुग्दा चर्च ब्वाइजले अग्रता लिएको थियो । ११ मिनेटपछि नै निराजनले एनआरटीलाई बराबरीमा ल्याए ।
त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने ।
सोमबारै सम्पन्न अर्को खेलमा फ्रेन्ड्स क्लब र मछिन्द्र क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
