मंसिर २३, २०८२ मंगलबार | ०५:११:१६
कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप

दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी

काठमाडौं । घरेलु टोली अस्ट्रेलिया ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध १७ रनले विजयी भएको छ ।

जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल मंगलबार हुनेछ ।

आइतबार मरारा ओभलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १६१ रन मात्रै बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि रायन रिकेल्टनले ५५ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी ट्रिस्टन स्टब्सले ३७, लुआन ड्रे प्रिटोरियसले १४, कप्तान एडेन मार्करमले १२ र कागिसो राबडाले १० रन बनाए ।

अस्ट्रेलियाका लागि जोश हेजलउड र बेन द्वारशुइसले समान तीन, एडम जाम्पाले दुई तथा ग्लेन म्याक्सवेलले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सबै विकेृट गुमाउँदै १७८ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि टिम डेविडले ५२ बलमा आठ छक्का र चार चौकाको मद्दतले सर्र्वाधिक ८४ रनको योगदान गरे । यसैगरी क्यामरुन ग्रिनले ३५, बेन द्वारशुइसले १७,  कप्तान मिचेल मार्शले १३ र नाथन एलिसले १२ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि क्वेना माफाकाले चार, लुंगी एनगिडीले दुई तथा जर्ज लिन्डे र सेनुरन मुथुस्वामीले समान एक विकेट लिए । 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas