मंसिर २३, २०८२ मंगलबार | ०५:३९:०२
कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप

पिएसजी छाड्दै गोलकिपर जियानलुइजी डोनारुम्मा

काठमाडौं। इटालियन गोलकिपर जियानलुइजी डोनारुम्माले फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मन (पिएसजी) छाड्ने पक्का भएको छ।

प्रशिक्षक लुइस एनरिकेले युइएफए सुपर कपका लागि टोलीमा नराखे पछि डोनारुम्मा पार्क डेस प्रिन्सेस छाड्ने मनायसमा पुगेका हुन् । सुपर कपमा पिएसजीले इङ्लिस क्लब टोटनहमको सामना गर्दैछ ।

गत सिजन पिएसजीलाई पहिलो पटक च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका डोनारुम्मा सन् २०२१ मा पिएसजी आएका थिए ।  

इटालियन क्लब एसी मिलानबाट पिएसजी आएयता उनले १०४ फ्रेन्च लिग वान खेल खेलेका छन् ।

उनले पिएसजीलाई ‘ट्रेबल’ जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए । दर्शन गरेका थिए । तर, फ्रेन्च गोलकिपर लुकास शेभालियरलाई अनुबन्ध गरेपछि उनको भविष्यबारे चर्चा चल्न थालेको छ । पिएसजी र डोनारुम्माको सम्झौता एक वर्षमात्र बाँकी छ।

‘यस्तो परिस्थिती आएको कि म अब पिएसजीको हिस्सा भएर टिमको सफलता अघि बढाउन सक्दिनँ,’ डोनारुम्माले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन् ,‘म निराश र दुखी छु ।’

‘यी निर्णयहरू सधैं कठिन हुन्छन् । जियानलुइजी डोनारुम्मा विश्वकै उत्कृष्ट गोलकिपरमध्येका एक हुन्, तर, हामी फरक प्रकारको गोलकिपर खोजिरहेका थियौं,’ प्रशिक्षक एनरिकेले भने ।

अहिलेसम्म उनको नयाँ क्लब निश्चित भएको छैन । तर विभिन्न सञ्चारमाध्यममा आएका खबर अनुसार केही इङ्लिस क्लबले उनीमाथि चासो देखाइरहेका छन् । 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas