चैत्र ४, २०८२ बुधबार | १२:०५:४५
पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने

पेचिलो बन्दै एनओसी विवाद, पूर्व अध्यक्ष प्रधानको नेतृत्वमा तदर्थ समिति

काठमाडौ । पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटी (एनओसी)को नयाँ तदर्थ समिति गठन भएको छ ।

एनओसीसँगको कटुतापूर्ण सम्बन्ध रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एनओसी अवैधानिक रहेको दावीका साथ नयाँ समिति गठन गर्ने बताएको पृष्ठभूमीमा पूर्व अध्यक्ष प्रधानको नेतृत्वमा तदर्थ समिति बनेको हो । तदर्थ समिति गठनसँगै एनओसी विवाद थप पेचिलो बनेको छ ।

समितिको प्रवक्ताको हैसियतमा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य एवं नेपाल मुश्लिम आयोगका पूर्व अध्यक्ष समिममिया अन्सारीले प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको जानकारी गराएका छन् ।

अन्सारीले एनओसीसँग आबद्ध २३ राष्ट्रिय खेल संघका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरुको भेलाले तदर्थ समिति गठन गरेको एनओसीको लेटरहेड तथा छाप प्रयोग गरी नेपाल ओलम्पिक कमिटीको नाममा जारी गरेको विज्ञप्तीमा लेखेका छन् ।

सरकारको असहमतिका बावजुद एनओसीले गएको पुषमा निर्वाचन गरेर अध्यक्षमा जीवनराम श्रेष्ठलाई लगातार तेस्रो कार्यकालका लागि चुनेको थियो । नेपालको खेलकुद ऐनअनुसार कुनैपनि खेल संस्थामा अध्यक्ष वा महासचिव पदमा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढि बस्न नपाउने व्यवस्था छ।

एनओसीको विधानमा ऐन आउनुभन्दा पहिला नै दुई कार्यकालको व्यवस्था थियो । तर एनओसीले चुनावअघि साधारणसभा गरेर विधननकोदुई कार्यकालवाला व्यवस्था हटाएको थियो । त्यसकै विरोधस्वरुप चुनाव रोकिपाउ भन्दै परेको मुद्धामा पाटन उच्च अदालतले स्टे अर्डर जारी गर्दै चुनाव रोक्न आदेश दिएको थियो । एनओसीले भने अदालतको आदेश निर्वाचन सकिइसकेपछि मात्र जानकारीमा आएको बताउँदै आएको छ ।

सरकारले भने अदालतको आदेशविपरित चुनाव गरेको भन्दै एनओसीलाई अवैधानिक भन्दै आएको छ ।

सरकार र एनओसीबीचको विवादका कारण आसन्न एसियाली युथ तथा एसियाली खेलकुद लगायतका ठूला अन्तर्राष्ट्रिय खेल मेलामा नेपालको सहभागिता धरापमा पर्दै आएको छ ।

अन्सारीले भने एनओसी नेतृत्वविहिन रहेको दावी गर्दै समस्याको निकास निकाल्दै नेपाली खेलाडीहरुको खेल्न पाउने अधिकार रक्षाका लागि तदर्थ समिति बनाएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

तदर्थ समितिले मंगलबारबाटै काम सुरु गरिसकेको र एनओसी-सरकारबीचको विवादका कारण अवरुद्ध खेल संघ तथा महासंघहरुका कार्यक्रम तत्काल सुचारु गराउने दावी गरेका छन् ।

अन्सारीले ९ सदस्यीय समिति गठन गरेकोबताए पनि नाम भने सार्वजनिक गर्न चाहेनन् । 'केही दिनमै पत्रकार सम्मेलन गरेरै सबथोक जानकारी गराउनेछौं । हामीले विभिन्न वर्किङ कमिटीहरु पनि बनाएका छौं,' उनले भने ।

उनका अनुसार केही दिन भित्रमा राष्ट्रिय खेलकुद परिषद र खेलकुद मन्त्रालयसँग अनुमति लिएर एनओसी कार्यालयमै प्रव्श गरेर पत्रकार सम्मेलन गर्ने तयारी छ ।

समितिमा एनओसीका पूर्व उपाध्यक्ष सुनील श्रेष्ठ र पूर्व महासचिव निलेन्द्रराज श्रेष्ठ पनि रहेको बताइएको छ ।


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH