म्यानचेस्टर युनाइटेड

ब्राजिलियन भिटोरमाथि युनाइटेड र बार्सिलोनाको नजर

लन्डन । इङलिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेड ब्राजिलियन स्ट्राइकर भिटोर रोकलाई क्लबमा भित्राउन इच्छुक देखिएको छ ।

युनाइटेड आउँदो ट्रान्सफर विन्डोमा भिटोरलाई क्लबमा अनुबन्ध गर्न चाहन्छ । यद्यपी, १८ वर्षीय भिटोमाथि स्पेनिस क्लब बार्सिलोनाले पनि अनुबन्ध गर्न चासो देखाएको छ ।

पोचुर्गिच स्टार क्रिस्टियानो रोनाल्डोले गएको नोभेम्बरमा युनाइटेड छाडेपछि क्लबमा स्ट्राइकरको अभाव खड्किएको छ ।  २७ वर्षीय फ्रेन्च स्ट्राइकर एन्थोनी मार्टियल पछिल्लो समय चोटबाट गुर्जिरहेका छन् । 
युनाइटेडले वेइग वेगहोस्र्टलाई लोनमा बर्नेलीबाट जनवरी ट्रान्सर्फरमा अनुबन्ध गरेको थियो । स्ट्राइकरको खोजीमा छ ।

 अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युनाइटेड ब्राजिलियन क्लब एट्लेटिको परान्सेका फरवार्ड रोकलाई अनुबन्ध गर्न चाहन्छ ।

युवा खेलाडी भिटोरले ब्राजिलबाट दक्षिण अमेरिकन यु-२० च्याम्पियनसिपमा ६ गोल गरेका थिए । युनाइटेडले भित्र्याउने इच्छा देखाएको भए पनि भिटोरले बार्सिलोना जान चाहेको बताएका छन् ।

भिटोरले भने, ‘पक्कै पनि म स्पेनिस क्लब बार्सिलोनाका लागि खेल्न चाहन्छु । गत वर्ष मैले लिर्बटाडोस र ब्रसिलिएरोबाट खेले । उक्त खेलको अनुभव कै कारण म युरोप जान चाहन्छु । म निक्कै खुसी छु । अब मैले विदेशमा गएर खेल्न पाउछु । मेरो चाहना नै आफ्नो शतप्रतिशत दिएर खेल्नु हो ।’