नेपाली फुटबल

सहिद स्मारक लिग: समृद्ध इतिहास, कमजोर इतिहास

काठमाडौं । जतिबेला सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको चर्चा गर्छौं, यसबारे दुई उल्लेखनीय तथ्य बाहिर आउँछ । एक त यो प्रतियोगिता नियमित आयोजना हुने गर्दैन । आयोजनामात्र नियमित हुन्थ्यो तर यसको संस्करण कति धेरै पुग्ने थियो । दोस्रो तथ्य, जति पटक आयोजना भएका छन्, त्यसको स्वरूप कहिल्यै एकनासको भएन । त्यसैले मज्जाले भन्न सकिन्छ, यसको इतिहास कमजोर छ । त्यसमाथि पुराना पुराना संस्करणमा के-कस्तो भयो, त्यसबारे हामीसँग जानकारी नै छैन, शून्य बराबरमै ।

एउटा तथ्य ठ्याक्कै के पनि खुल्दैन भने सहिद स्मारक लिगमा सुरुदेखि नै ‘ए’, ‘बी’ र ‘सी’ भनेर डिभिजन थियो वा थिएन । थियो त कहिलेदेखि सुरु भयो, त्यसबारे पनि अनभिज्ञ नै छौं । अहिले जति पनि पुराना पुराना तथ्य सम्झेर इतिहासबारे भन्न सक्ने पुस्ता पाउँछौं । तिनको दाबी हो, कम्तीमा हाम्रो पालामा त डिभिजनको ढाँचा सुरु भइसकेको थियो । सम्भवतः सुरुआती केही संस्करणमा डिभिजनको व्यवस्था थिएन । तर, पछि यसको चलन आयो ।

फेरि यो प्रतियोगिताले नेपाली फुटबलको इतिहास आफैं भन्छ । अझ भनौं, नेपाली फुटबलको इतिहास भन्नु नै यही हो । इतिहासकै चर्चा गर्दा नेपाली फुटबलमा यसलाई हाँक्ने दुई फरक संघ अस्तित्वमा आए । त्यसमध्ये एकको अस्तित्व नै रहेन । एक त अहिले पनि विद्यमान छ ।

प्रतियोगिताको एउटा अर्को इतिहास पनि छ । यो हो, यसको समृद्ध पक्ष । समग्र नेपाली खेलकुदमै यति पुरानो प्रतियोगिता कुनै छैनभन्दा हुन्छ । त्यसमाथि यसको कम्तीमा अहिलेसम्म आयोजना त भइरहेको छ । यसको पहिलो संस्करण २०११ सालमा भएको थियो । त्यसले पनि देखाउँछ, यो वास्तवमै कति धेरै पुरानो प्रतियोगिता हो भनेर । राणा शासनको अन्त्यसँगै केही वर्षमा सुरु भएको यो प्रतियोगितामै जोडिएको छ सहिदको नाम । तिनै सहिद जसले राणा शासनविरुद्ध लडे ।

त्यसको अन्तिम तीन संस्करण रानी पोखरी कर्नर टिम (आरसिटी)ले जितेको थियो । त्यसैले आरसिटीले त्यस जमानाको परम्पराअनुसार सिल्ड नै आफ्नो बनाएको थियो । सुखको कुरा के हो भने आरसिटीले त्यो सिल्ड खुबै जतन गरेर राखेको छ । अझ संग्रहालय नै बनाएको छ । यही सिल्डले नेपाली फुटबलको इतिहास धेरैथोक भन्छ ।

फेरि यो प्रतियोगिताले नेपाली फुटबलको इतिहास आफैं भन्छ । अझ भनौं, नेपाली फुटबलको इतिहास भन्नु नै यही हो । इतिहासकै चर्चा गर्दा नेपाली फुटबलमा यसलाई हाँक्ने दुई फरक संघ अस्तित्वमा आए । त्यसमध्ये एकको अस्तित्व नै रहेन । एक त अहिले पनि विद्यमान छ । अस्तित्व हराएको संघ भयो, नेपाल फुटबल संघ (एनएफए) । अहिले कायम भएको संघ भयो, अखिल नेपाल फुटबल संघ (एन्फा) । विवादकै कारण एउटा संघ हराएर अर्को अस्तित्वमा आएको हो ।

प्रतियोगिताको सुरुआत भने एनएफएले नै गरेको हो त्यही ०११ सालमा । उसले जम्मा १५ संस्करण जति आयोजना गरेको थियो ०३० सालसम्म । त्यसको अन्तिम तीन संस्करण रानी पोखरी कर्नर टिम (आरसिटी)ले जितेको थियो । त्यसैले आरसिटीले त्यस जमानाको परम्पराअनुसार सिल्ड नै आफ्नो बनाएको थियो । सुखको कुरा के हो भने आरसिटीले त्यो सिल्ड खुबै जतन गरेर राखेको छ । अझ संग्रहालय नै बनाएको छ । यही सिल्डले नेपाली फुटबलको इतिहास धेरैथोक भन्छ ।

एन्फाले ०३२ देखि सहिद स्मारक लिगको आयोजना सुरु गरेको हो । २०७८ सालको संस्करण लगातार दोस्रोपल्ट मछिन्द्र क्लबले जित्दा यो ४३औं संस्करण थियो । त्यस अर्थमा अब हुने संस्करण हो ४४औं ।

आरसिटीको त्यस ऐतिहासिक सफलतासँगै एनएफएको अस्तित्व समाप्त हुन्छ । सुरु हुन्छ एन्फा । एन्फाले ०३२ देखि सहिद स्मारक लिगको आयोजना सुरु गरेको हो । २०७८ सालको संस्करण लगातार दोस्रोपल्ट मछिन्द्र क्लबले जित्दा यो ४३औं संस्करण थियो । त्यस अर्थमा अब हुने संस्करण हो ४४औं । एन्फाले मात्र २८ संस्करण आयोजना गरिसकेको छ । यसबीच प्रतियोगिताले तय गरेको छ, ६८ वर्षको लामो इतिहास । जुन केही हदसम्म समृद्ध छ, केही हदसम्म कमजोर छ ।