एफए कप

सिटी एएफ कपको क्वार्टरफाइनलमा

लन्डन । ब्रिस्टोल सिटीमाथि ३-० को सहज जितसहित म्यानचेस्टर सिटी मंगलबार एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

फिल फोडिनको दुई र केभिन डी ब्रुयनको एक गोलमा सिटीले अघिल्लो चरणको यात्रा पक्का गरेको हो । यस हारसँगै ब्रिस्टोलको १२ खेलको अपराजित यात्रामा भने पूर्णविराम लागेको छ । 

खेलको सातौं मिनेटमा फोडिनको गोलमा सिटीले अग्रता लिएको थियो । ७४औं मिनेटमा फोडिनले गोल गर्दै सिटीको अग्रता २० मा पुर्याएका थिए । खेल सकिन ९ मिनेट बाँकी रहँदा डी ब्रुयनाले सिटीको सहज जित पक्का गरेका थिए ।

डी ब्रुयना अस्वस्थताका कारण पछिल्लो दुई खेलमा अनुपस्थित थिए ।

त्यस्तै मंगलबार भएका अन्य खेलमा फुलहमले लिड्सलाई २-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनायो भने ब्राइटोनले अघिल्लो चरणको टिकट काट्ने क्रममा स्टोक सिटीलाई १-० ले हरायो । लेस्टर सिटी भने ब्याकबर्नस रोबर्ससँग २-१ ले पराजित हुँदै प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको छ ।