फेका कप

फेका कपः न्यु स्टार र ओरिएन्टल फाइनलमा

काठमाडौं । न्यु स्टार पोल र ओरिएन्टल १५ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन।

न्यु स्टारले बिहीबार गोल्डेन बडलाई १-० ले पराजित गरेको हो । न्यु स्टारका लागि ऋतिक रायमाझीले निर्णायक गोल गरे ।

ओरिएन्टलले गेटवे एकेडेमीलाई पेनाल्टी सुटआउटमा ५-३ ले हरायो । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । 
 

शुक्रबार तेश्रो स्थानका लागि खेल हुनेछ भने फाइनल शनिबार हुनेछ ।