बर्नहार्ट कप

बर्नहार्ट कपः टाइम्स सेमिफाइनलमा

सांकेतिक तस्बिर

काठमाडौं । टाइम्स इन्टरनेसनल कलेज १० औं बर्नहार्ट कप प्लस टु अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

बल्खुस्थित आयोजक बर्नहार्ट कलेजको कोर्टमा टाइम्सले जेभियरलाई ४६-३३ ले पराजित गरेको हो । टाइम्सका पारसले १३ स्कोर गरे ।

सेमिफाइनलमा टाइम्सको भेट नवोदितसंग हुनेछ । अर्को सेमिफाइनल रातो बंगला र सिसीआरसीबीच हुनेछ ।