साफ पुरुष साफ च्याम्पियनसिप

साफको १४ औं संस्करण भारतमा हुने

फाइल तस्बिर

काठमाडौं । दक्षिण एसियाली फुटबल महसंघ ( साफ) पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १४ औं संस्करण भारतमा  हुने भएको छ ।

साफको मंगलबार बसेको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप-२०२३ भारतमा गर्ने निर्णय गरेको हो ।

प्रतियोगिता भारतमा हुने भनिए पनि मिति र आयोजना हुने स्थान भने तय भएको छैन् । साफले मार्च १० सम्ममा आयोजना हुने स्थान तय हुने जनाएको छ।

यसअघि साफको १४ औं संस्करण बंगलादेशमा हुने तय थियो । यस संस्करणको साफ च्याम्पियनसिपमा दक्षिण एसियाका सात वटै राष्ट्रले सहभागिता जनाउदै छन् । अघिल्लो संस्करणमा भुटान र पाकिस्तानले सहभागिता जनाएका थिएनन् ।

माल्दिभ्समा भएको १३ औं साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३-० ले पराजित हुँदै नेपाल उपविजेता बनेको थियो ।