चैत्र ८, २०८२ आइतबार | २२:१५:४८
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

पन्त नेपालका पहिलो आइटिओ

काठमाडौं । नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य पुस्करराज पन्त नेपालको पहिलो इन्टर नेशनल टेक्निकल अफिसियल (आइटिओ) बनेका छन् ।

पन्तले अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबिए) ले गत १८ देखि २२ जनवरीसम्म थाइल्याण्डको राजधानी बैंककमा सञ्चालन गरेको आइटिओ परीक्षा  उत्तिर्ण गरेका हुन् ।   

बैंककको ह्वामार्क इन्डोर स्टेडियममा गत १७ देखि २७ जनवरीसम्म भएको एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा आइबिएले आइटिओ ओ परीक्षा पनि सञ्चालन गरेको थियो ।

यसैगरी बागमती प्रदेश बोर्ड सदस्य धन कुमार मैनाली सोहि प्रतियोगिताको समयमा जनवरी १७ देखि २७ तारिख सम्म सन्चालन भई सम्पन्न भएको एएसबिसी यु-२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा आइबिएद्धारा सञ्चालित आइवा टू स्टार रेफ्री/ जज कोर्षमा परीक्षा उतिर्ण गर्ने पहिलो नेपाली बन्न सफल भएका छन् ।

एसियाली मुलुकहरु इराक, इन्डोनेसिया, भारत, बेलायत, कम्बोडिया, कजाकिस्तान, कुवेत, किर्गिस्तान, कोरिया, चीन, मलेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलंका, आयोजक थाइल्याण्ड, उज्वेकिस्तान  गरी २० देशको २२ जना सहभागि आईटिओजहरुको यहि जनवरी १८ देखि २२ तारिखसम्म सञ्चालित उक्त आइटिओ तथा टु स्टार रेफ्री जज परीक्षामा उतीर्ण हुन सफल रहेका थिए ।

आइटिओज कुनै पनि अन्तर्राष्ट्रियस्तरका बक्सिङ्ग प्रतियोगिता सञ्चालन गर्नका लागि अन्तर्राष्ट्रिय बक्सिङ्ग संघद्धारा सञ्चालित परिक्षा (सर्टिफिकेसन कोर्ष) पास गर्न सफल अफिसियल हुन् । 

अहिलेसम्म कुनै पनि नेपाली आइटिओ परिक्षा पास गर्न सफल भएका थिएनन् । आबिएको नियमानुसार बक्सिंग खेल सञ्चालनार्थ महत्वपुर्ण भूमिका निर्वाह गर्ने टेक्निकल डेलिगेट, डेपुटी टेक्निकल डेलिगेट्स, ड्र कमिश्नर, रिङ्ग साईड डाक्टर, कट टेक्निसियन, रेफ्री जज ईभेलुएटर, रेफ्री जज कोर्डिनेटर, अवर्जवर तथा ईक्विपमेन्ट मेनेजरलाई आईटिओज मानिन्छ ।

बक्सिंङ्ग प्रतियोगिताहरुलाई निष्पक्ष एवम् पारदर्शी ढंगले सञ्चालन गर्नका लागि आइबिएले समय समयमा नीति नियमहरु तथा निर्देशिकाहरु बनाएर उक्त परीक्षाहरुको सञ्चालन गर्ने गर्छ । आईटिओ तथा आईवा स्टार रेफ्री जज परिक्षा दिन कुनै पनि व्यक्ति एक्टिभ कोच, रेफ्री जज, टिम मेनेजर, बक्सर र पछिल्लो ६ महिनासम्म कुनै किसिमको कारवाही नभोगेको व्यक्तिले मात्र भाग लिन पाउँछ । यस्तो व्यक्ति निरन्तर बक्सिंग क्षेत्रमा काम गरिरहेको, आईवीएद्वारा सञ्चालित कोर्षहरुमा भाग लिएको तथा सम्पुर्ण नीति नियमहरुमा जानकार रहेको हुनुपर्छ ।

पन्त र मैनाली दुवैले सन् २०१९ मा नेपालमा आयोजित १३ औ दक्षिण एशियाली खेलकुद अन्तर्गत बक्सिङ्ग खेलको रेफ्री तथा जजको भुमिका समेत निर्वाह गरेका थिए ।

आइबिएले संचालन गरेको उक्त टू स्टार रेफ्री जज परिक्षामा नेपाल सहित विभिन्न देशहरुबाट १६ जना परिक्षार्थीहरु सहभागी रहेका थिए । आईबिएको नियम अनुसार आइटिओज तथा आईबिए टु स्टार सर्टिफिकेशन कोर्षको परिक्षामा उतिर्ण हुन लिखित तथा प्रयोगात्मक परिक्षामा कुल ८०५ प्रतिशत अंक प्राप्त गर्नुपर्नेहुन्छ  ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो