नेपाली फुटबल

नेपाली महिला टोली घोषणा

फाइल तस्बिर

काठमाडौं । भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला टोली घोषणा भएको छ ।

२३ सदस्यीय टोली घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ । स्रोतका अनुसार मुख्य  प्रशिक्षक अनन्तराज थापाले बन्द प्रशिक्षणमा रहेका ३३ खेलाडी मध्ये १० खेलाडीलाई बाहिर राख्दै २३ सदस्यीय अन्तिम टोली एन्फालाई बुझाएका हुन् ।

बन्द प्रशिक्षणमा रहे पनि सपना राई, गंगा गुरुङ, अञ्जली वाइबा, सिर्जना चेम्जोङ, मञ्जलीकुमारी योञ्जन, सरस्वती हमाल,सरस्वती ऐयर, दीपा न्यौपाने, रजनी थोकर र चन्द्र भण्डारीले टोलीमा स्थान बनाउन सकेनन्  ।

नेपालले फागुनमा घरेलु टोली भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भए पनि मिति भने घोषणा भइसकेको छैन ।

चोटका कारण लामो समय देखि मैदान बाहिर रहेकी रेनुका नगरकोटीले टोलीमा पुनरागमन गरेकी छन् ।

नेपाली टोली:

गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ 
 रक्षकः  अमृता जैसी, हिराकुमारी भुजेल, गीता राना, घिमकुमारी गुरुङ, निशा थोकर, विमला विक, समीक्षा घिमिरे

मिडफिल्डरः रेनुका नगरकोटी, अनिता बस्नेत, सरु लिम्बु, विमला चौधरी, अनिता केसी, सविता राना मगर, दीपा शाही, प्रिती राई

फरवार्डः सावित्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, निर्मला विक