पुस २९, २०८२ बुधबार | ०६:४६:४१
साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकासँग बराबरीमा रोकियो नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता साफ महिला फुटसल च्याम्पियनसिपः पाकिस्तान र भुटानले खेल्यो बराबरी साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारतको सहज जित युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकासँग बराबरीमा रोकियो नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता साफ महिला फुटसल च्याम्पियनसिपः पाकिस्तान र भुटानले खेल्यो बराबरी साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारतको सहज जित युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी

सार्वजनिक संस्थान खेलकुदः पार्वती र श्रद्धा फाइनलमा

सांकेतिक तस्बिर

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) की पार्वती राई र नेपाल टेलिकमकी श्रद्धा मानन्धर १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्सको फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुक्रबार भएको सेमिफाइनलमा पार्वतीले नेपाल विद्युत प्राधिकरणकी अम्बिका  सापकोटा तथा श्रद्धाले नागरिक लगानी कोषकी मौसमी राईलाई समान २-० को सेटमामा पराजित गरे ।

महिला डबल्समा कोषका मौसमी र कोमल रायमाझी तथा विद्युतका अम्बिा र सविना तामाङको जोडीले स्वर्ण भिडन्त पक्का गरेका छन् ।

यसैगरी पुरुष सिंगल्समा कृषि विकास बैंकका टक्कर कुँवर, टेलिकमका सुरेन्द्रसिंह कार्की तथा विद्युतका भुपेन्द्र बिसी र श्याम महर्जन सेमिफाइनलमा पुगे ।

पुरुष डबल्समा मुक्तिनाथ विकास बैंकका थानेश्वर अर्याल र प्रेम थापा, टेलिकमका सुरेन्द्रसिंह कार्की र हरिकृष्ण शर्मा, विद्युतका राजु महर्जन र खगेन्द्र शाही तथा कृषिका राजकुमार निरौला र विनय पाण्डेको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा विद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जन, विद्युतका शंकर क्षेत्री र चन्द्रदास कारन्जित, टेलिकमका सुजित मल्ल र सीताराम श्रेष्ठ तथा नेपाल एयरलाइन्सका श्याम भट्ट र जंगबहादुर चन्दको जोडीले सेमिफाइनल यात्रा तय गरेका छन् ।

पुरुष एक्जिक्युटिभ डबल्समा टेलिकमका सुजित मल्ल र सीताराम श्रेष्ठ, विद्युतका उमेश भण्डारी र रामु श्रेष्ठ, नागरिक लगानी कोषका रमन नेपाल र पुरुषोत्तम पौडेल तथा टेलिकमका सुरेन्द्रसिंह कार्की र राजेन्द्र श्रेष्ठको जोडी सेमिफाइनलमा पुग्न सफल भए ।

सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को आयोजनामा भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||