स्पेनिस ला लिगा

रोनाल्डिनोको छोरा मेन्डिसलाई अनुबन्ध गर्ने बार्सिलोनाको तयारी

मड्रिड । स्पेनिस ला लिगाको क्लब बार्सिलोनाका अध्यक्ष जोन लापोर्ताले क्लबका लिजेन्ड ब्राजिलका रोनाल्डिनोका छोरा याओ मेन्डिसलाई क्लबले अनुबन्ध गर्ने पुष्टी गरेका छन ।

रोनाल्डिनोले सन् २००३ देखी २००८ सम्म क्याम्प नोउमा बिताएका थिए । उनले बार्सिलोनाबाट दुई पटक ला लिगा र एक पटक च्याम्पियन्स लिग जितेका थिए । हाल उनी बार्सिलोनका लागि सद्भावनादुत रहेका छन । बार्सिलोनामै रहँदा उनले बलोन डी अर पनि जितेका थिए ।

रोनाल्डिनोका १७ वर्षका छोरा मेन्डिस ट्रायलका लागि बार्सिलोना आउनेछन । 

‘रोनाल्डिनो र उनका भाई रोबेर्टो एसिसले मेन्डिसलाई बार्सिलोना पठाउने निर्णय गरेमा हामी निकै खुशी छौ,’ लापोर्ताले भने, ‘उनी युवा छन । उनले हामीसँगै प्रशिक्षण गर्नेछन । हामी उनसँग औपचारिक रुपमा सम्झौता गर्नेछौ । केही कुरालाई अन्तिम रुप दिन बाँकी छ । तर हामी उनको आगमनमा निकै खुशी छौ । ’

रोनाल्डिनोका लागि क्याम्प नोउको बसाई निकै सफल रहेको थियो । जसका कारण मेन्डिसमाथि सोही सफलता दोहोर्याउने दबाब भने रहनेछ, लापोर्ताले भने