इङ्लिस प्रिमियर लिग

बिसौमाले सिजनका बाँकी खेल गुमाउने सम्भावना उच्च

लन्डन । कुर्कुच्चाको शल्यक्रिया गर्नुपर्ने भएसँगै टोटनहमका मिडफिल्डर याभेस बिसौमा यस सिजनको बाँकी खेलका लाटि टोली बाहिर रहने सम्भावना बढेको छ ।

बिसौमा २५ मिलियन पाउन्डमा ब्राइटोनबाट टोटनहम भित्रिएका थिए । उनले टोटनहमबाट सबेै खाले प्रतियोगिता गरि ३१ खेलमा २५ खेल खेलेका छन । 

मालिका बिसौमा कुर्कुच्चाको शल्यक्रियाका कारण कहिलेसम्म मैदान बाहिर रहन्छन निश्चित भएको छैन । 

‘याभेस बिसौमाको आज कुुर्कुच्चाको शल्यक्रिया हुँदैछ,’ टोटनहमले जारी गरेको विज्ञप्त्तीमा भनिएको छ, ‘शल्यक्रियापछि मात्र उनी कहिलेबाट मैदान फर्कन्छन भनेर भन्न सकिन्छ । ’

कप्तान तथा गोलकिपर ह्युगो लोरिस घुँडाको चोटका कारण ६ देखी आठ साता मैदान बाहिर रहने पक्का भएको एक दिन नबित्दै बिसौमा पनि टोलीबाट बाहिरिएका हुन । 

यता पत्थरीको शल्यक्रियापछि प्रशिक्षक एन्टोनीयो कोन्टे भने टोलीमा फर्किएका छन ।  गत साता टोटनहमले प्रिमियर लिगमा साबिकको विजेता म्यानचेस्टर सिटीलाई हराएको थियो । शनिबार टोटनहमले लेस्टर सिटीको भ्रमण गर्नेछ ।