अर्जेन्टिना

अर्जेन्टिनाले खेलभावना विपरितको कार्य गर्यो भन्नु गलतः स्कोलानी

दोहा ।अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कोलानीले शुक्रबार कतार विश्वकप २०२२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको क्वार्टरफाइनलमा आफ्ना खेलाडीले गरेको व्यहारप्रति भैरहेको आलोचनाको हुनै औचित्य नरहेको दाबी गरेका छन ।

अर्जेन्टिनाले आज पहिलो सेमिफाइनलमा गत संस्करणको उपविजेता क्रोएसियाको सामना गर्दैछ । अर्जेन्टिनाले नेदरल्यान्ड्समाथि पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो । 

खेलपछि अर्जेन्टिनाका खेलाडीले नेदरल्यान्ड्सका खेलाडी तथा अफिसियललाई गिज्याएका थिए । त्यस्तै कप्तान लियोनल मेसी पनि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान हालसँग विवादमा उत्रिएका थिए ।

स्कोलानीले भने आफ्नो टोलीको व्यहारको आलोचना गर्नु अर्थहिन रहेका बताए ।

‘खेल दौरान विवाद हुनु सामान्य हो,’ स्कोलानीले भने, ‘दुवै टोलीले जितका लागि खेलेका हुन्छन् । त्यसक्रममा दुई टोलीका खेलाडीबीच हुने सामान्य भनाभनलाई ठूलो रुपमा लिनुहुँदैन । खेलपछि जितको खुशी मनाउँदा त्यसले विपक्षीलाई गिज्यायो भन्नु गलत हाे ।’