इङ्लिस प्रिमियर लिग

मग्वायरको लय कायम रहने टेन हागको विश्वास

लन्डन । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक इरिक टेन हागले रक्षक ह्यारी मग्वायरलाई कतार विश्वकपमा देखाएको लय कायम राख्न आग्रह गरेका छन् ।

इङ्ल्यान्डका मग्वायरले कतार विश्वकपमा जानु अघि इङलिस प्रिमियर लिगका तीन खेलमा मात्र पहिलो रोजाईबाट खेलेका थिए । विश्वकपमा भने उनले इङ्ल्यान्डबाट सुरुआती रोजाईमा पर्दै पाँच खेल खेलका थिए ।

 इङ्ल्यान्ड फ्रान्ससँग २-१ ले पराजित हुँदै विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएको थियो । 

‘म ह्यारी मग्वायरको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्न चाहन्छु,’ टेन हागले भने, ‘उनले यसअघि पनि आफूलाई प्रमाणित गरिसकेका छन् । म चाहन्छु उनले कतामरमा देखाएको लय ओल्ड ट्राफोर्डमा पनि कायम रहोस् । उनी हाम्रो टोलीका प्रमुख खेलाडी हुन् । जसको लयले टोलीको सफलतमा ठूलो अर्थ राख्छ । ’