ब्राजिल

नेइमारले २०२६ को विश्वकप खेल्ने रोनाल्डोको आशा

दोहा । ब्राजिलका लिजेन्ड रोनाल्डोले आफ्नो टोली कतार विश्वकप २०२२ बाट बहिरिएपछि पिडामा रहेका स्टार नेइमार अझै बलियो भएर फर्किने विश्वास लिएको बताएका छन् ।

विश्वकपको क्वार्टरफइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएपछि ब्राजिल बाहिरिएको थियो ।

नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए पनि ब्रुनो पिट्कोभिचले गोल गोल गर्दै १–१ को बराबरीमा ल्याएपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।

टोलीलाई विश्वकप जिताउन सपना पूरा हुन नसकेपछि रुँदै मैदान छाडेका नेइमारले अन्तर्राष्ट्रिय खेल जिवनबाट संन्यास लिन सक्ने संकेत गरेका थिए ।

‘विश्वकपबाट बाहिरिएपछि नेइमार दुखी छन् । यस्तो महसुस हुनु सामान्य हो’ रोनाल्डोले भने‘मलाई विश्वास छ नेइमार यो पिडालाई भुलाउँदै अझै बलियो भएर फर्कनेछन र ब्राजिलका लागि अर्को विश्वकप पनि खेल्ने छन ।