कतार विश्वकप २०२२

कतार विश्वकप २०२२ः गोल्डेन बुटको दौडमा एमबाप्पे अगाडी

दोहा । कतार विश्वकप २०२२ अन्त्यतीर लम्किँदै गर्दा यसको रोमाञ्चकता झन झन बढ्दै गइरहेको छ ।

विश्वपकको सेमिफाइनल समिकरण पूरा हँदा बाँकी चारमध्ये कुन टोलीले विश्वकप जित्ला भन्ने कौतुहल बढेको छ ।

त्यस्तै प्रतियोगितामा चार टोली मात्र बाँकी रहँदा तीन खेलाडीबीच सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने ‘गोल्डेन बुट’ का लागि प्रतिस्पर्धा चलिरहेको छ ।

हाल ‘गोल्डेन बुट’ दौडमा किलियन एम्बाप्पे शीर्ष स्थानमा रहँदा एम्बाप्पेलाई लियोनल मेसी र ओलिभर जिरौउडले पछ्याइ रहेका छन ।

किलियन  एमबाप्पे–पाँच गोल

इङ्ल्यान्डविरुद्ध गोल गर्न असफल भए पनि फ्रान्सका  स्ट्राइकर किलियन एमबाप्पे पाँच गोलसहित अग्रस्थानमा छन ।

पेरिस सेन्ट जर्मन (पिएसजी) बाट व्यवसायिक फुटबल खेल्ने एमबाप्पे जारी विश्वकपका उत्कुष्ट लयमा देखिएका छन ।

समूह चरणमा डेनमार्कविरुद्ध दुई तथा अष्ट्रेलियाविरुद्ध एक गोल गरेका एम्बाप्पेले अन्तिम १६ मा पोल्यान्डविरुद्ध दुई गोल गरेका थिए ।

एमबाप्पेले दुई गोलका लागि अवसर पनि सिर्जना गरेका छन ।

लियोनेल मेसी–चार गोल
 लियोनेल मेसीको कप्तानीमा अर्जेन्टिना १९८६ पछि पहिलोपटक विश्वकप जित्न अभियानमा छ । 

आफ्नो खेल जिवनको अन्तिम विश्वकप खेलिरहेका मेसीले उत्कृष्ट लयलाई कामय राख्दै चार गोल गरेका छन ।

पिएसजीका स्ट्राइकर मेसीले समूह चरणमा साउदी अरेबिया र मेक्सिको, अन्तिम १६ मा अष्ट्रेलिया र क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध समान एक गोल गरेका थिए ।

मेसीले दुई गोलका लागि अवसर पनि सिर्जना गरेका छन । 
 

ओलिभर जिरौउड–चार गोल

फ्रान्सका सर्वाधिक गोलकर्ता ओलिभर जिरौउडले जारी विश्वपकपमा चार गोल गरेका छन । 

एसी मिलानको स्ट्राइक जिरौउडले समूह चरणमा अष्ट्रेलियाविरुद्ध दुई तथा अन्तिम १६ मा पोल्यान्ड तथा क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध समान एक गोल गरेका थिए । 

करिम बेन्जेमा घाइते भएपछि टोलीमा अवसर पाएका जिरौउडले जारी विश्वपकमा आफुलाई प्रमाणित गर्न सफल भए ।