टेस्ट शृंखला

चोटका कारण रोहितले पहिलो टेस्ट गुमाउने


 


नयाँ दिल्ली । भारतका कप्तान रोहित शर्माले चोटका कारण बंगलादेशविरुद्धको पहिलो टेस्ट गुमाउने भएका छन ।

रोहितले खेल गुमाउने भएपछि केएल राहुलले पहिलो टेस्टमा भारतीय टोलीको कप्तानी गर्ने भएका छन । 
 

बंगादेशविरुद्धको एकदिवसीय शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा रोहितको औंलामा चोट लागेको थियो । अन्तिम खेलमा दुई सय २७ रनको जित निकाले पनि भारतले शृंखला भने २–१ ले गुमाएको थियो । 
बंगलादेश र भारतले दुई खेलको टेस्ट शृंखला खेल्नेछन । पहिलो खेल बुधबारबाट सुरु हुनेछ ।

त्यस्तै चोटकै कारण मोहम्मद सामी र रविन्द्र जडेजाले भने दुवै खेल गुमाउने भएका छन् । सामीको काँध र जडेजाको घुँडामा चोट लागेको छ ।

उनीहरुको स्थानमा बिसिसीआईले अभिमन्यु ईश्वरन,नवदीप सैनी र सौरभ कुमारलाई टोलीमा बलाएको छ ।