गारेथ साउथगेट

इङ्ल्यान्डको प्रशिक्षणलाई निरन्तरता दिने साउथगेटको संकेत

दोहा । इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले कतार विश्वकप २०२२ को क्वार्टरफाइनलबाटै बाहिरिए पनि इङलिस टोलीको प्रशिक्षण यात्रा दिने वा नदिने बारे हतारमा निर्णय नलिने बताएका छन् ।

शनिबार अन्तिम क्वार्टरफाइनलमा साबिकको विजेता फ्रान्सँग २-१ ले निराश भएसँगै इङ्ल्यान्डको यात्रा अन्त्य भएको थियो । रुस विश्वकप २०१८ को सेमिफाइनलमा र २०२० को युरोपियन च्याम्पियनसिपमा फाइनलसम्मको यात्रा तय गरेको इङ्ल्यान्ड कतार विश्वकपको  क्वार्टरफाइनलबाटै बाहिरिएको हो ।

साउथगेटको सम्झौता २०२४ को युरोपियन च्याम्पियनसिपसम्म कायम छ । तर १९६६ को विश्वकपपछि इङ्ल्यान्डलाई पहिलो प्रमुख प्रतियोगिताको उपाधि जिताउने लक्ष्य यस पटक पनि पूरा नभएपछि साउथगेट जिम्मेवारीबाट अलग हुने अनुमान गरिएको छ ।

‘मलाई कतार विश्वकपमा टोलीले गरेको प्रदर्शनमा गर्व छ, यद्धपी हामी क्वार्टरफाइनलबाट बाहिरियौ, ’साउथगेटले भने, ‘मेरो सम्झौता बाँकी नै छ । अहिले नै म यो सम्झौता कायम राख्ने वा अन्त्य गर्ने भन्ने निर्णय लिने पक्षमा छैन । केही समयपछि मात्र म यसबाट औपचारिक धारणा सार्वजनिक गर्नेछु ।’