फ्रान्स

इङ्ल्यान्डविरुद्धको खेल बेल्जियमविरुद्धको सेमिफाइनलजस्तैः जिरौउड

दोहा । फ्रान्सका स्ट्राइकर ओलिभर जिरौउडले कतार विश्वकप २०२२ मा इङ्ल्यान्डविरुद्ध क्वार्टरफाइनलमा निकालेको जितलाई २०१८ को रुस विश्वकपको सेमिफाइनलमा बेल्जियममाथि निकालेको जितसँग तुलना गरेका छन् ।

शनिबार इङ्ल्यान्डका कप्तान ह्यारी केनले अन्तिम समयमा पेनाल्टीको अवसर गुमाएको खेलमा २-१ को जितसहित फ्रान्सले मोरोक्कोविरुद्ध बुधबार हुने सेमिफाइनल भेट पक्का गरेको थियो ।

मोरोक्कोले भने सेमिफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बन्ने क्रममा पोर्चुगललाई १-० ले हराएको थियो ।

रुस विश्वकपको सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १-० ले पराजित गरेको थियो ।

‘मलाई आज इङ्ल्यान्डविरुद्धको खेलले चार वर्षअघि विश्वकप सेमिफाइनलमा बेल्जियममाथि निकालेको जितको याद दिलायो,’ जिरौउडले भने,'बेल्जियम निकै आक्रमक बनेको थियो । हामीले भने काउन्टर अट्याकको रणनिती लिएका थियौ र अग्रत लिन सफल भयौ । अन्त्यसम्म सोही अग्रता कायम गर्दै फाइनलमा स्थान बनायोै । आज इङ्ल्यान्डले पनि आक्रामक खेल्यो र हामी अन्त्यसम्म अग्रता कायम राख्न सफल भयौ ।केनले पेनाल्टीको अवसर खेर फाल्दा हामी आज भाग्यमानी पनि भयौ । हामी २०१८ मा जुन मानसिरकताका साथ मैदान उत्रिएका थियौ, अहिले पनि त्यही कायम छ । २०१८ मा हाम्रो लक्ष्य उपाधि जित्ने थियो भने यस पटक उपाधि रक्षा गर्ने ।'

५३ गोल गरेका जिरौउड फ्रान्सका सर्वकालिन गोलकर्ता हुन् ।