कतार विश्वकप २०२२

संन्यास लिने नेइमारको संकेत

 

दोहा । कतार विश्वकप २०२२ को क्वार्टरफाइनलबाटै बाहिरिएपछि ब्राजिलका स्ट्राइकर नेइमारले अन्तर्राष्ट्रिय खेलजिवनबाट संन्यास लिने संकेत गरेका छन् । 
शुक्रबार रातिको खेलमा क्रोएसियासँग पोनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदै ब्राजिल बाहिरिएको थियो ।

‘राष्ट्रिय टोलीबाट खेल्ने सम्भावनाको अन्त्य भइसकेको छैन्, तर म यकिनका साथ फर्किन्छु भन्न सक्दिन’ नेइमारले भने‘अहिले नै संन्यासको घोषणा गर्दा हतार हुनसक्छ । मलाई यसको बारेमा सोच्न केही समय चाहिन्छ ।’

३० वर्षीय नेइमारले क्रोएसियाविरुद्ध गोल गर्दै ब्राजिलका लागि सर्वाधिक गोल गर्ने पेले (७७) सँगको कीर्तिमान बराबरी गरेमा थिए । २०१० मा १८ वर्षको उमेरमा ब्राजिलको सिनियर टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका नेइमारले देशका लागि १२४ खेल खेलका छन् ।

टोली क्वार्टरफाइनलबाटै बाहिरिएपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पदबाट राजिनामा दिइसकेका छन् ।