कतार विश्वकप २०२२

हामी हरेक टोलीलाई हराउन सक्षम छौंः स्कालोनी

दोहा । कतार विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेपछि अर्जेन्टिनमका प्रशिक्षक लियोनेल स्कालोनीले आफ्नो टोली हरेक परिस्थितीको सामना गर्न सक्षम रहेको बताएका छन् ।

अर्जेन्टिनाले शुक्रबार रातिको दोस्रो क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । पेनाल्टीमा गोलरक्षक इमिलियानो मार्टिनेजले नेदरल्यान्ड्सका दुई प्रहार बचाएका थिए ।

‘अर्जेन्टिनासँग राम्रो टिम भावना छ किनकी हामी हरेक परिस्थितीको सामना गर्न सक्छौं’स्कालोनीले भने‘यो सत्य हो की खेल पेनाल्टी सुटआउटसम्म पुग्नु हुँदैन थियो तर, नेदरल्यान्ड्सले उत्कृष्ट पुनरागमन गरेकाले जित निकाल्न निकै कठिन भयो  । यसले हामी हरेक टोलीलाई हराउन सक्छौं भन्ने आत्मविश्वास बढेको छ । ’

अर्जेन्टिनाले सेमिफाइनलमा मंगलबार क्रोएसियाको सामना गर्नेछ ।