ब्राजिल फुटबल

ब्राजिलका प्रशिक्षक टिटेको राजिनामा

 दोहा । ब्राजिलको  फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले पदबाट राजिनामा दिएका छन् । आफ्नो टोली कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका हुन् ।

शुक्रबार रातिको खेलमा ब्राजिल क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो ।


‘मेरो स्थान लिन सक्ने धेरै उत्कृष्ट प्रशिक्षक छन् भनेर मैले पहिल्यै जनाकारी गराएको थिए’,टिटेले भने ‘यो निकै कठिन निर्णय हो । एउटा यात्रा सकिएको छ । यसमा धेरै स्मरणिय क्षण थिए ।’

६१ वर्षीय प्रशिक्षक टिटे २०१६ मा डुगांको स्थानमा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । टिटेको नेतृत्वमा ब्राजिलले २०१९ मा कोपा अमेरिका जितेको थियो ।

टिटेको प्रशिक्षणमा ब्राजिलले ८१ खेल खेल्दा ६१ जित १३ खेल बराबरी र ७ हारको नतिजा निकालेको थियो ।