कतार विश्वकप २०२२

स्टेडियम ९७४ भत्काउन थालियो

 


दोहा । कतार  विश्वकप २०२२  सकिन अझै एक साता भन्दा बढी समय बाँकी छ तर प्रतियोगिता नसकिँदै यसका लागि निमार्ण गरिएको एक फुलटबल मैदान भने भत्काउन थालिएको छ ।

दोहाको रस अबु अबाउद क्षेत्रमा रहेको अस्थायी  मैदान  स्टेडियम ९७४ भत्काउन थालिएको हो । यो  रंगशाला मुख्य रूपमा ९७४ शिपिंग कन्टेनरहरू प्रयोग गरेर निर्माण गरिएको थियो  ।

९६४ कतारको अन्तर्राष्ट्रिय डायलिङ कोड पनि हो । फाइनान्सियल टाइम्सका अनुसार यी कन्टेनरहरू अब उरुग्वे पठाइनेछ।

 स्टेडियम ९७४ मा  विश्वकपका सात खेल भएका थिए । यसमा समूह चरणअन्तर्गत पोल्यान्ड र मेक्सिकोबीच पहिलो खेल तथा अन्तिम १६ अन्तर्गत ब्राजिल र दक्षिण कोरियाबीच अन्तिम खेल खेलाइएको थियो ।