कतार विश्वकप २०२२

ब्राजिल र क्रोएसिया पहिलो हाफसम्म गोलरहित बराबरीमा

काठमाडौं । कतार विश्वकप २०२२ को अन्तिम चार पुग्ने प्रतिस्पर्धामा पाँच पटकको विश्व विजेता ब्राजिल र क्रोएसियाले मध्यान्तरसम्म गोलरहित बराबरी खेलेका छन् ।

कतारको दोहास्थित एजुकेसन सिटी रंगशालामा जारी खेलको रोमाञ्चक पहिलो हाफमा दुवै टोलीले गोलका लागि केही सुन्दर मुभ सिर्जना गरे पनि सफलता हासिल गर्न भने सकेनन् ।

ब्राजिलका लागि नेयमार, भिनिसियर जुनियर र रिचार्लिसनका प्रयास खेर जाँदा टोली अग्रता लिनबाट बञ्चित भयो । यसैगरी चार वर्षअघि रुसमा फाइनलसम्मको यात्रा गरेको क्रोएसियाले पनि पहिलो हाफमा गोलका केही सुन्दर अवसर सिर्जना गरेको थियो । तर, टोलीका तर्फबाट इभान पेरिसिच, लुका मोडरिच र आन्द्रेज क्रामारिचका प्रयास गोलमा परिणत हुन सकेनन् ।