एसिसी

नेपालले एसिसी प्रिमियर कपको आयोजना गर्ने

काठमाडौं । नेपालले एसियन क्रिकेट काउन्सिल (एसिसी) को प्रिमियर कप एक दिवसीय  क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । 

पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले अप्रिलमा प्रतियोगिता आयोजना गर्ने निर्णय पारित गरेको हो ।  

एसिसीले प्रिमियर कप पहिलो पटक गर्न लागेको हो । यसअघि इस्टर्न र वेस्टर्न रिजन हुँदै छनोट गरेपनि यस पटक प्रिमियर कप गर्न लागेको छ । १० टोली सहभागि हुने प्रतियोगिताको विजेताले सेप्टेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ ।

अप्रिलमा हुने प्रिमियर कपमा समूह ए मा नेपाल, युएई, कुवेत, कतार र छनोटबाट आउने एक टोली हुनेछन् । समूह बी मा ओमान, हङकङ, सिंगापुर, मलेसिया र छनोटबाट आउने एक टोली हुनेछन् ।

यस प्रतियोगिताको शीर्ष तीन टोलीले इमर्जिङ टिम्स एसिया कप पनि खेल्न पाउनेछन् ।