नेपाल क्रिकेट संघ

गुल्सन झा यु-१९ टोलीको कप्तान

फाइल फोटो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले गुल्सन झालाई यु-१९ टोलीको कप्तान चयन गरेको छ ।

क्यानको मंगलबार बसेको बोर्ड बैठकले गुल्सनलाई कप्तान तथा दिपेश कँडेललाई उपकप्तान चयन गर्ने निर्णय गरेको हो । गुल्सनले  सिनियर टाेलीका लागि पनि खेलिसकेका छन् । 

नेपालले युएईमा आइसिसी यु-१९ विश्वकप एसिया छनोट खेल्दैछ । सार्वजनिक खेल तालिका अनुसार नेपालले फेब्रुअरी २४ मा सिंगापुरसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।

यसैगरी नेपालले फेब्रअरी २५ मा कुबेत, फेब्रअरी २७ मा हङकङ,फेब्रअरी २८ मा मलेसिया तथा मार्च २ मा घरेलु टोली युएईको समाना गर्नेछन । सबै खेलहरु नेपाली समयअनुसार बिहान १०ः ४५ मा हुनेछन् ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यु-१९ विश्वकपका लागि छनोट हुनेछ।

नेपाली टोली

देव खलान, गुल्सन झा( कप्तान), दुर्गेश गुप्त, अर्जुन कुमाल, हेमन्त धामी, दिपक बोहरा, आकाश त्रिपाठी,  उत्तम थापा मगर, दिपेश कँडेल (उपकप्तान), सुवास भण्डारी, दीपक बोहरा, विशाल केसी, मिलन बोहरा, दीपक डुम्रे 
 

वैकल्पिक खेलाडी

प्रज्वल थापा, तुलबहादुर थापा, राजेश यादव, निर्मल थापा