प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता

लुम्बिनीलाई हराउँदै मधेस प्रदेश सेमिफाइनलमा

काठमाडौं । मधेस प्रदेशले प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमिफाइनलमा स्थान बनाएको छ ।

मधेसले इटहरीको जनता क्रिकेट पार्कमा बुधबार सम्पन्न पहिलो खेलमा लुम्बिनी प्रदेशलाई १६ रनले पराजित गरेको हो  ।

यस जितसँगै समूह‘बी’को मधेसले तीन खेलमा चार अंक अंक जोड्दै  उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाउँदा दोस्रो पराजित ब्यहोरेको लुम्बिनी समान खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । यो समूहबाट प्रदेश एकले विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

कधेसले प्रस्तुत गरेको एक सय आठ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउँदै ९१ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि अविजित रहेका रञ्जु श्रेष्ठ र मधु डिसीले समान २१, लक्ष्मी चौधरीले १२, आस्मा पुलामी मगर र कप्तान सरस्वती जिएमले समान ११ तथा सरस्वती पुनले १० रन जोडे ।

मधेसका लागि  भूमी सिंहले दुई तथा कप्तान कविता गौतमले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय सात रनको योगफल तयार पारेको भियो । मधेशका लागि साना प्रविनले ६४ बलमा पाँच चौका मद्दतमा सर्वाधिक ४६ तथा रोजी कडारीले १५ रन बनाए ।

लुम्बिनीका लागि मनिषा राना, सरस्वती पुन र बिवास्ना जिसीले समान एक विकेट लिए ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । सेमिफाइनला समूह ‘ए’ को विजेता सुदूरपश्चिम प्रदेशले समूह ‘बी’ को उपविजेता मधेस प्रदेश तथा समूह ‘बी’ को विजेता प्रदेश एकले समूह ‘ए’ को उपविजेता नेपाल एपिएफ क्लबको सामना गर्नेछन् ।