अस्ट्रेलियन ओपन

सहज जित निकाल्दै स्वायटेक तेस्रो चरणमा

काठमाडौं । पोलिस टेनिस स्टार इगा स्वायटेक अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको तेस्रो चरणमा गरेकी छन् ।

विश्व नम्बर एक स्वायटेकले दोस्रो चरण अन्तर्गत बुधबार सम्पन्न खेलमा कोलम्बियाकी क्यामिला ओसोरियोलाई २-० को सोझो सेटमा पराजित गरेकी हुन् ।

मेलबर्नस्थित रोड लेभर एरिनाका स्वायटेकले खेल ६-२ र  ६-३ ले आफ्नो पक्षमा पारिन् । 

स्वायटेकजर्मनीकी जुली निइमेइरलाई ६-४ र  ७-५ ले तथा ओसोरिया हंगेरीकी पान्ना उड्भार्डीलाई ६-४ र  ६-१ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका थिए।