अस्ट्रेलियन ओपन

दोस्रो चरणबाटै बाहिरिए नाडाल

काठमाडौं । साबिकका विजेता राफेल नाडाल वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिएका छन् ।

उपाधि दाबेदार मानिएका स्पेनिस स्टार नाडाल दोस्रो चरण अन्तर्गत बुधबार सम्पन्न खेलमा अमेरिकाका म्याकेन्जी म्याकडोनाल्डसँग ३-० को सोझो सेटमा पराजित भएका हुन् ।

नाडालले मेलबर्नस्थित रोड लेभर एरिनामा खेल ४-६, ४-६ र ५-७ ले गुमाएका हुन् । शीर्ष बरीयताका नाडाल २२ वर्षपछि अस्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिएका हुन् । उनी पछिल्लोपटक सन्  २००१ मा  ब्राजिलका गुस्ताभो कुर्टेनसँग पराजित हुँदै दोस्रो चरणबाटै बाहिरिएका थिए ।

नाडाल पहिलो चराणमा बेलयातका ज्याक ड्रपरलाई ७-५, २-६, ६-४ र ६-१  तथा  म्याकडोनाल्ड आफ्नै देशका ब्रेन्डन नाकासिमालाई ७-६(७-५), ७-६(७-१), १-६, ६-७( १०-१२ र  ६-४ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका थिए ।