भारतीय क्रिकेट

चोटका कारण श्रेयशले न्युजिल्यान्डविरुद्धको एक दिवसीय श्रृंखला गुमाउने

काठमाडौं । भारतीय ब्याटर श्रेयश अय्यरले न्युजिल्यान्डविरुद्धको एक दिवसीय श्रृंखला गुमाउने भएका छन् ।

मध्यक्रमका श्रेयशले ढाडको चोटका कारण श्रृंखला गुमाउने भएका हुन् । श्रेयशको स्थानमा रजत पाटीदरलाई टोलीमा बोलाइएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसिसीआई)ले जनाएका छ।

श्रीलंकाविरुद्धको एक दिवसीय श्रृंखला अन्तर्गत तेस्रो तथा अन्तिम खेलका क्रममा श्रेयशको ढाडमा समस्या देखिएको थियो ।

भारतले घरेलु मैदानमा न्युजिल्यान्डसँग तीन खेलको एक दिवसीय श्रृंखला खेल्नेछ । श्रृंखलाको पहिलो खेल बुधबार राजिव गान्धी इन्टरनेसनल स्टेडियममा हुनेछ । 

न्युजिल्याण्ड विरुद्धको श्रृंखलाका लागि भारतीय  टोलीः

रोहित शर्मा (कप्तान), शुभमन गिल, इशान किशन (विकेटकीपर), विराट कोहली, रजत पाटिदर, सूर्यकुमार यादव, केएस भरत (विकेटकिपर), हार्दिक पाण्ड्या (उपकप्तान), वासिङटन सुन्दर, शहबाज अहमद, शार्दुल ठाकुर, युजवेन्द्र चहल,कुलदीप यादव, मोहम्मदशमी, मोहम्मद सिराज, उमरन मलिक