अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपनमा गर्मी बाधक,तीन घण्टापछि सुरु भयो खेल

मेलबर्न । अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको दोस्रो दिन मेलबर्नमा अत्याधिक गर्मीका कारण तिन घण्टाका लागि खेल रोकिएको थियो । स्थानिय समय २ः१५ मिनेटमा ३५ डिग्री  सेल्सियस भन्दा बढि तापक्रम भएपछि खेल रोकिएको हो । 


अत्याधिक गर्मीका कारण बाहिर कोर्टमा खेल्न सम्भब नभएपछि खेलहरु मार्गरेट कोर्ट र जोनसेन एरिनामा सञ्चालन गर्ने अनुमति दिइएको थियो । स्थानिय समय अनुसार पाँच बजेबाट खेलहरु पुन सुचारु गरिएको हो । गर्मीकै कारण प्रत्येक खेलाडीलाई खेल दौरानमा १० मिनेटको  ब्रेक दिइएको थियो ।


बेलयातका एन्डी मरेले इटालियन माटियो बेरेटिनीलाई ३-२ को सेटमा पराजित गरेका थिए।  सुरुआती दुई सेट ६-३ र ६-३ ले आफ्नो पक्षमा पारेका मरेले त्यसपछिका दुई सेट ४-६ र ६-७(७-९) गुमाएपछि खेल पाँचौँ तथा अन्तिम सेटसम्म पुगेको थियो ।

निकौ प्रतिस्पर्धात्मक बनेको पाँचौँ तथा  अन्तिम  सेट ७-६(१०-६)  ले आफ्नो पक्षमा पर्दै मरेले दोस्रो चरणमा स्थान सुरक्षित गरेका हुन् । उनिहरुबीचको खेल रोड लेभर एरिनाको छानामुनि खेलाइएको थियो ।