अस्ट्रेलियन ओपन

रोमाञ्चक जित निकाल्दै मरे दोस्रो चरणमा

काठमाडौं । बेलायती टोनिस स्टार एन्डी मरे वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको  दोस्रो चरणमा प्रवेश गरेका छन् ।

मरेले मंगलबार सम्पन्न पहिलो चरण अन्तर्गतको खेलमा इटालीका माटियो बेरेटिनीमाथि ३-२ सेटको रोमाञ्चक जित निकालेका हुन् ।

मेलबर्नस्थित रोड लेभर एरिनामा सुरुआती दुई सेट ६-३ र ६-३ ले आफ्नो पक्षमा पारेका मरेले त्यसपछिका दुई सेट ४-६ र ६-७(७-९) गुमाएपछि खेल पाँचौँ तथा अन्तिम सेटसम्म पुगेको थियो ।

निकौ प्रतिस्पर्धात्मक बनेको पाँचौँ तथा अन्तिम  सेट ७-६(१०-६) ले आफ्नो पक्षमा पर्दै मरेले दोस्रो चरणमा स्थान सुरक्षित गरेका हुन् ।

यसैगरी अमेरिकाका टाइलर फ्रिट्जले जर्जिनियाका निकोलोज बासिलासभिलीलाई ६-४,६-२, ४-६ र ७-५ तथा रूसका आन्द्रे रुबलेभले अस्ट्रियाका डोमोनिक थियमलाई ६-३,६-४ र ६-२ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएका छन् ।