दक्षिण अफ्रिका क्रिकेट

कोनराड र वाल्टर दक्षिण अफ्रिकाको प्रशिक्षकमा नियुक्त

काठमाडौं । शुक्री कोनराड र रोब वाल्टर दक्षिण अफ्रिकी  पुरूष   क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

दक्षिण अफ्रिकाको क्रिकेट संघले सोमबार कोनराडलाई टेस्ट तथा वाल्टरलाई सिमित ओभरको टोलीको प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो । उनीहरुले चार वर्षको सम्झौता गरेको बताइएको छ ।

यसअघि मार्क बाउचर सबै ढाँचाका लागि मुख्य प्रशिक्षक थिए तर गत वर्ष अस्ट्रेलियमा भएको टी–२० विश्वकपपछि उनको सिमिमित ओभरको टोली छाडेका थिए ।  

अस्ट्रेलियाविरुद्धको टेस्ट श्रृंखाल २–० ले गुमाएपछि बाउचरले टेस्ट टोलीको प्रशिक्षकबाट पनि राजीनामा दिएका थिए ।

बाउचरले छाडेपछि मालिबोन्ग्वे माकेटालाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।