अस्ट्रेलियन ओपन

सावालेन्का दोस्रो चरणमा

काठमाडौं । बोलारुसी खेलाडी आयना सावालेन्का अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

सावालेन्काले पहिलो चरण अन्तर्गत मंगलबार सम्पन्न खेलमा चेक रिपब्लिककी टेरेजा मार्टिनकोभालाई  २-० को सोझो सेटमा पराजित गरेकी हुन् ।  मेलबर्नस्थित रोड लेभर एरिनामा सावालेन्काले खेल ६-१ र ६-४ ले आफ्नो पक्षमा पारिन् ।

सावालेन्काले दोस्रो चरणमा अमेरिकी खेलाडी शेल्बी रोजर्सको सामना गर्नेछिन् । रोजर्स डच खेलाडी एरियन हार्टोनोलाई ६-४ र ६-३ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेकी हुन् ।

यसैगरी फ्रेन्च खेलाडी क्यारोलिन गार्सियाले पनि क्यानडाकी क्याथरिन सिबोभलाई ६-३ र ६-० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गरेकी छन् ।